जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

`

     २०८० भाद्र ०६ गते १२:३७

काठमाडौँ, भदौ ६ । दुधौली नगरपालिका-१० कोक्टीस्थित जयन्ता कटवालको सौरभ होटलमा जुवातास खेलिरहेको अवस्थामा कटवाल समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी कमजाखोजठाडी दुधौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?