सुकीलाई कारागारबाट सरकारी भवनमा सारियो

`

     २०८० श्रावण १२ गते ४:४६

एजेन्सि, १२ साउन । सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्मार की प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ । नेश्नल लिग फर डिमोक्रेसीका एक अधिकारीका अनुसार सोमबार राति नेत्री सुकीलाई उच्चस्तरीय परिसरमा सारिएको हो ।

उनले तल्लो सदनका सभामुख सभामुख ति खुन म्याटसँग भेटवार्ता पनि गरेकी छन् । उनले चीनका एसियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको ती अधिकारीले पुष्टि गरेका छन् ।

यसै महिना थाइल्यान्डका विदेशमन्त्रीले उनीसँग भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?