काठमाडौँ, २३ चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यक्ता रहेको बताएका छन् ।
बाराको क्षेत्र नंं २ मा सत्ता गठबन्धनको साझा उम्मेदबार रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए । बारा २ को चुनावी मैदानमा रहेका यादवसँगको भेटमा नेता नेपालले गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।
जसपा अध्यक्ष यादवलाई विजयी बनाउन अपील गर्दै नेता नेपालले भने,‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पंक्ति एवं सिंगो बारावासीलाई आग्रह गर्दछु ।’