दयाहाङ राई हात्तीछापमा अनुबन्धित, छायांकन चैतबाट सुरु गर्ने

`

     २०७९ पौष ०१ गते १२:४१

काठमाडौँ, पौष १ । किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको फिल्म ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । दयासँग निर्माणपक्षले कागजी सम्झौता गरेको हो ।

सिमोस सुनवारले निर्देशन गर्ने फिल्ममा अन्य कलाकार भने फाइनल भइसकेको छैन । प्रदीप भारद्वाजको कथा मन पराएपछि ‘२ नम्बरी’का निर्माता किरणले ‘पोई पर्यो बुढो’लाई पोष्टपोन्ड गर्दै यो कथामा फिल्म बनाउन लागेका हुन् ।

दयाले किरणसँग फिल्म ‘२ नम्बरी’मा सहकार्य गरेका थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो ।

फिल्मको छायांकन चैतबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?