प्रदीपले जिते भारतमा डेब्यु अभिनेताको अवार्ड

`

     २०७९ कार्तिक २८ गते १२:३४

काठमाडौँ, कात्तिक २८ । अभिनेता प्रदीप खड्काले भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् ।

फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । उत्कृष्ट फिल्म चाहिं ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ बन्यो ।

अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला भारतको पर्यटकीय सहर आग्रामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?