काठमाडौं, कात्तिक २४ । हलिउड अभिनेता सीन पेनले आफूले जितेको अस्कर अवार्ड युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलनेस्कीलाई उपहार दिएका छन्।
द गार्डियनका अनुसार उनले आफूले जितेका दुई अवार्डमध्ये एउटा उपहार दिएका हुन्। पेनले सन् २००३ मा ‘मिस्टिक रिभर’ र २००८ मा ‘मिल्क’ का लागि दुई उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।
जेलेन्स्कीले उक्त भिडिओ आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेका छन्।



