रुसको स्कुलमा गोली प्रहार हुँदा ९ जनाको मृत्यु

`

     २०७९ आश्विन १० गते ३:३८

काठमाडौँ, असोज १० । रुसमा एक बन्दुकधारीले स्कुलमा अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ ।

इन्जेवस्क शहरको स्कुलमा बन्धकुधारीले गोली चलाएका हुन् । घटनामा ५ बालबालिका मारिएका छन् । दुई शिक्षक र दुई सुरक्षा गार्डको पनि मृत्यु भएको छ ।

एक हजारभन्दा बढी विद्यार्थी अध्ययरनत स्कुलमा अन्धाधुन्ध गोली चलाएपछि उनले आफैंलाई पनि गोली हानेको बीबीसीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?