‘प्रेमगीत ३’ विवाद कर छुट दिन चलचित्रकर्मी महासङ्घको आग्रह

`

     २०७९ आश्विन ०३ गते १२:२५

काठमाडौँ, असोज ३ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले ‘प्रेमगीत ३’लाई कर छुट दिन र नेपाली फिल्मसरह सेवासुविधा दिन सरकारलाई आग्रह गरेको छ ।

अध्यक्ष अरुणकुमार प्रधान र महासचिव दिनेश कोइरालाले विज्ञप्ति जारी गर्दै विवादलाई त्यागेर सबै पक्ष सँगै बसेर फिल्म हेर्न समेत आग्रह गरेको छ ।

‘प्रेमगीत ३’लाई लिएर भुवन केसी नेतृत्वको चलचित्र विकास बोर्डले उल्झन खडा गरेको भन्ने विवाद चलिरहँदा महासंघको प्रदेश १ ले यस्तो आग्रह गरेको हो ।

राधा, प्रकाश, ऐना झ्यालको पुतलीजस्ता फिल्मलाई पनि विभेद गरिएको भन्दै महासंघले यस्ता विभेदविरुद्ध एकजुट भएर बोल्न समेत आग्रह गरेको छ । सबै चलचित्रकर्मीले टिकट काटेर फिल्म हेर्ने बानी बसाल्न समेत महासंघले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?