काठमाडौँ, २ आश्विन । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले कब्जा गरेको भूमि फिर्ता गरेका ठाउँको भ्रमण शुरु गरेका छन् ।
पछिल्लो समय युक्रेनी सेनाले रुसी सेनालाई भगाउँदै कब्जा गरेका विभिन्न ठाउँका भूमि फिर्ता गरिरहेको छ । जेलेन्स्कीले हिजो इज्युम सहरमा पुगेर सेनालाई धन्यवाद दिएको तथा ठाउँठाउँमा युक्रेनी झण्डा फहराएको बीबीसीले जनाएको छ ।
जेलेन्स्कीले युक्रेनको १ इन्च भूमि पनि नछाड्ने र रुसले सन् २०१४ मा कब्जा गरेरको क्रिमिया पनि फिर्ता गर्ने बताएका छन् ।




