पपुवा न्युगिनीमा भूकम्पमा परि १० जनाको मृत्यु

`

     २०७९ भाद्र ३० गते ३:००

काठमाडौँ, ३० भदौ । पपुवा न्युगिनीमा गत आइतबार बिहान ७ः ४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ ।

उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न थालेपछि मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । यस भूकम्पको केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराईमा रहेको जनाइएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा घर र पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।

प्रधानमन्त्री जेम्स मारापेले पपुवा न्युगिनीलाई आएको शक्तिशाली भूकम्पपछि सतर्क रहन चेतावनी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?