काठमाडौँ, भदौ ३० । दयाहाङ राई र विपिन कार्की स्टारर ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा भन्छ ।
दीपेन्द्र के खनाल निर्देशित यो सोसल ड्रामा फिल्मले घर नहुँदा काठमाडौंमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर किन्ने सपना र त्यसले निम्त्याउने सामाजिक परिणती फिल्मको कथा हो ।
दयाहाङ र विपिनसहित टिजरमा सुरक्षा पन्त र वर्षा राउत समेत फिचर्ड छन् । कात्तिक ४ गते प्रदर्शन हुने फिल्ममा रविन्द्र झाको समेत प्रमुख भूमिका छ ।



