‘प्रेमगीत ३’को दोस्रो हिन्दी र नेपाली टिजर सार्वजनिक

`

     २०७९ भाद्र ०४ गते ९:००

काठमाडौं, भदौ ४ । जी म्युजिक कम्पनीबाट ‘प्रेमगीत ३’को हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएको छ। प्रदीप खड्का द्वारा अभिनीत ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको हो । दोस्रो टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्र ९एन्टागोनिस्ट० चरित्रमा प्रस्तुत गरिएको छ, तर उनको दृश्यलाई स्पेस दिइएको छैन । दोस्रो टिजरमा पनि प्रदीपको चरित्रले महत्व पाएको छ ।

दोस्रो टिजर पनि हिन्दी स्वरांकन र ब्याकग्राउन्ड स्कोरले बलियो बनेको छ । दोस्रो टिजरको बटमलाइन पनि मुख्य पात्रले राजगद्दी वा प्रेममध्ये एक छान्नुपर्ने संघर्ष नै हो । निर्माता सन्तोष सेनले सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुने बताए । तर फिल्म चाहिं असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन तयारीमा छ । सन्तोष सेन र छेतेन गुरुङले फिल्म निर्देशन गरेका हुन् । प्रदीप र मनिषसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा र शिव श्रेष्ठको समेत अभिनय छ । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?