रुसको रोस्तोमा मंगलबार आगलागी हुँदा ६० घर जलेर नष्ट

`

     २०७९ भाद्र ०१ गते १०:४७

एजेन्सी, भदौ १ । रुसको रोस्तोमा मंगलबार आगलागी हुँदा ६० घर जलेर नष्ट भएका छन् । जंगलमा लागेको आगो गाउँतर्फ पसेपछि घरहरू जलेका हुन् । मान्छे बस्दै आएका घर जले पनि मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीको भनाइ छ ।

उस्त डोनेत्स्क नामक जंगलमा सोमबारदेखि आगलागी भएको थियो । घटनास्थल रोस्तोभ क्षेत्रको उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।

उनीहरूलाई राहत तथा सहयोगको आवश्यकता रहेको बताइएको छ । अत्यावश्यक सेवा तथा सामग्री उनीहरूलाई उपलब्ध गराउने कार्य भइरहेको पनि अधिकारीहरूले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि २ अग्नि नियन्त्रक विमान, एउटा हेलिकोप्टर, ३ सय अग्नि नियन्त्रक परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?