काठमाडौं, साउन ३० । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारीका लागि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा जारी बैठकमा गृहसचिव टेकनारायण पाण्डे र रक्षासचिव किरण शर्मा सहभागी छन् ।
यस्तै नेपाल प्रहरीका आइजि धीरजप्रताप सिंह, सशस्त्रका आइजि राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललगायत सहभागी छन् । सरकारले मंसिर ४ गते एकै चरणमा दुवै निर्वाचन गर्ने घोषणा गरेको छ ।




