एजेन्सी, साउन २७ । भारत सरकारले मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गर्नेलाई ५ सय जरिवाना तोकेको छ ।
कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा मास्क अनिवार्य गरेको हो ।
निजी कारमा यात्रा गर्नेले पनि मास्क लगाउनुपर्ने नियम दिल्ली सरकारले निर्धारण गरेकोछ । दिल्लीमा पछिल्लो २४ घण्टामा २ हजार १सय ४६ संक्रमित भेटिएका थिए ।




