कोरोना संक्रमण बढेपछि चीनको विभिन्न सहरमा लकडाउन घोषणा

`

     २०७९ श्रावण २६ गते ४:०२

एजेन्सी, साउन २६ । कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन् । प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ ।

पूर्वी निर्यात र उत्पादन केन्द्र यिउले बिहीबार तीन दिनको ‘मौन व्यवस्थापन’ मा प्रवेश गरेको बताएको छ । अधिकांश बासिन्दालाई तोकिएको क्षेत्र छोड्न प्रतिबन्ध लगाइएको छ र केहीलाई उनीहरूको घरहरूमा सीमित गरिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?