दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा थप १ लाख ३७ हजार २४१ जनामा कोरोना सङ्क्रमण पुष्टी

`

     २०७९ श्रावण २६ गते २:३६

एजेन्सी, साउन २६ । पछिल्लो २४ घण्टामा पनि थप एक लाख ३७ हजार २४१ जना नयाँ सङ्क्रमित भएका छन् । लामो समयदेखि दक्षिण कोरियामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या १ लाखभन्दा बढी देखिदै आएको छ ।

स्वास्थ्य अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ९८ लाख तीन हजार एक सय ६९ पुगेको छ ।

अहिले देखिएको दैनिक सङ्क्रमितको सङ्ख्या पनि अघिल्लो दिनको भन्दा केही कम हो । अघिल्लो दिन एक लाख ५१ हजार सात सय ९२ जना सङ्क्रमित भएका थिए ।

त्यसैगरी अघिल्लो हप्ता औसतमा एक लाख १७ हजार पाँच सय ९१ जना नयाँ सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये चार सय १८ जनाको अवस्था गम्भीर रहेको बताएको छ ।

पछिल्लो एक दिनमा कोरोनाका कारण ५९ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार ४४१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?