उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु , एक जना गम्भीर घाइते

`

     २०७९ श्रावण १९ गते २:२१

काठमाडौं, साउन  १९ । उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार बिहान क्वीन्सल्याण्डको बोगीमा रहेको एउटा गाईवस्तु फार्ममा गोली चलेको अधिकारीहरूले बताएका छन् ।

क्वीन्सल्याण्ड पुलिसले ‘हत्यारा’ को खोजी गर्दै घटनास्थल वरपर घेरा हालेको छ । घटनाका दोषीको प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ । ब्रिस्बेनबाट लगभग १२ सय किलोमिटर उत्तरमा रहेको बोगी २०० मानिस बसोबास गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?