दक्षिण कोरियामा पछिलो २४ घण्टामा ४ हजार छ सय ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७९ श्रावण १६ गते ३:४२

एजेन्सी, साउन १६ । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् आइतबार मध्यरातसम्म ४४ हजार छ सय ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या १ करोड ९८ लाख २० हजार सात सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।

अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण घटेको जनाइएको छ । अघिल्लो दिन ७३ हजार ५ सय ८९ जना एक दिनका सङ्क्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ । नयाँ केसहरूमध्ये, चार सय ३६ जना आयातीत रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?