रुसी गोलाबारीमा युक्रेनका १ धनी व्यापारी आफ्नी श्रीमतीसहित मारिए

`

     २०७९ श्रावण १६ गते १०:५६

काठमाडौँ, साउन १६ । दक्षिणी सहर माइकोलाइभमा रुसी गोलाबारीमा युक्रेनका १ धनी व्यापारी आफ्नी श्रीमतीसहित मारिएका छन् ।

रुसी मिसाइल प्रहारमा ७४ वर्षीय ओलेक्सी भादाटुर्स्की र उनकी श्रीमती रायसाको मृत्यु भएको हो । रुसी सेनाले उनीहरू बसोबास गर्दै आएको घरमा मिसाइल प्रहार गरेको युक्रेनी मिडियाले बताएको छ । उनले हिरो अफ युक्रेनको अवार्ड पाएका थिए ।

माइकोलाइभका मेयर ओलेक्जेन्डर सेन्केभिचले यो सहरमा अहिलेसम्मकै सबैभन्दा ठूलो रुसी बमबारी भएको बताएका छन् । रुसी बमबारीमा होटल, खेलकुद परिसर, दुई विद्यालय, सर्भिस स्टेसन र घरमा क्षति पुगेको छ । माइकोलाइभ युक्रेनको मुख्य बन्दरगाह ओडेसा जाने मुख्य मार्गमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?