पछिल्लो २४ घण्टामा भारतमा २० हजार जना भन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि

`

     २०७९ श्रावण १३ गते ४:०४

एजेन्सी, साउन १३ । पछिल्लो २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार बताएको छ ।

यस समयमा २० हजार ४०९ थप व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ३९ लाखमा ७९ हजार सात सय ३० पुगेको छ ।

पछिल्लो १ दिनको अवधिमा १९ हजार २ सय १६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट पछिल्लो एकदिनमा ४७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार दुई सय ५८ जनाको मृत्यु भएको छ ।

महामारी शुरु भएयता ८७ करोड ४० लाखभन्दा बढीको परीक्षण गरिएको छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?