त्रिभुवन राजपथअन्तर्गतको हेटौंडा–काठमाडौ‌तर्फको यातायात पुनः सञ्चालनमा

`

     २०७९ श्रावण १२ गते १०:१९

काठमाडौं, साउन १२ । त्रिभुवन राजपथअन्तर्गतको हेटौंडा–काठमाडौ‌तर्फको यातायात पुनः सञ्चालनमा आएको छ । भीमफेदी गाउँपालिका–१ भैसे–हेटौँडा सडकको बाघझोलामा गए राति पहिरोले यातायात सेवा अवरुद्ध भएको थियो ।

आज बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । डोजरले पहिरो हटाई सवारीसाधन गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

हेटौंडाबाट गएका र भैसेतर्फबाट आएका सयौँ सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ । उक्त सडकखण्डमा झण्डै ७ घण्टा यातायात अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?