बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा

`

     २०७९ श्रावण १० गते १२:४२

काठमाडौँ, साउन १० । अविरल वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । देउरालीडाँडा पहिराले अवरुद्ध उक्त सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ रिठ्ठेबगरमा पहिरो हटाएसँगै आज बिहानदेखि यातायात सञ्चालन भएको हो । शुक्रबार रातिदेखि पहिराले उक्त सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाएसँगै दुई दिनदेखि थन्किएका सवारीसाधन सञ्चालनमा आएको सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?