काठमाडौँ, साउन ८ । आज नेप्से परिसूचक ६१,०५ अंक बढेको छ । सो अंकको वृद्धिपछि २०७८ अंकमा कायम भएको छ ।
कुल २ अर्ब ७३ करोडको कारोबार भयो, यसअघि शुक्रबार १ अर्ब ४४ करोडको मात्रै कारोबार भएको थियो । सबै उपसमूहहरु बढेका छन् । बैंकिङ २२, विकास बैंक १७७, फाइनान्स ११७, होटल तथा पर्यटन ७४, जलविद्युत् ८४, जीवन बीमा २०७, उत्पादन १००, माइक्रोफाइनान्स १७५, निर्जीवन बीमा ११७, अन्य १०३ र व्यापार उपसमूह ८८ अंक बढे ।
१७९ कम्पनीको मूल्य बढ्यो भने १ को घट्यो । तीन कम्पनी सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टिपर्पोज फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । स्वाभिमान लघुवित्त र रिलायन्स फाइनान्सको मूल्य ९,६ प्रतिशत बढ्येको छ ।
शुक्रबार घोषित मौद्रिक नीतिले सेयर धितोमा एउटा बैंकबाट लिन पाउने अधिकतम ऋणको सीमा ४ करोडलाई हटाएर एउटा वा सबैबाट अधिकतम १२ करोडसम्मको सीमा कायम गरेको छ । त्यस्तै २५ लाखभन्दा मुनिको सेयर ऋणमा जोखिमभार १५० बाट घटाएर १ सय कायम गरेको छ ।




