आज नेप्समा १६.२० अंकक वृद्धि

`

     २०७९ श्रावण ०३ गते ३:३७

काठमाडौँ साउन ३ । आज नेप्समा १६.२० अंकक वृद्धि भएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १६.२० अंकले बढेर २०४५ अंकमा कायम भएको छ । कारोबार रकम पनि सोमबारको तुलनामा एक अर्ब बढेको छ ।

सोमबार १ अर्ब २९ करोड करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार २ अर्ब २९ करोडको भयो । बैंकिङ ६, विकास बैंक ४१, फाइनान्स ४३, होटल तथा पर्यटन ३९, जलविद्युत् १५, जीवन बीमा ८०, उत्पादन ६४, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा ७२, अन्य ३ र ब्यापार उपसमूह ३२ अंक बढे ।

कुल १४६ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ५ को स्थिर रह्यो । इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो । गणपती लघुवित्तको ६.९, ग्रिन भेन्चरको ५.५, आईसीएफसीको ५.२ र गुहेश्वरी मर्चेन्टको सेयर मूल्य ४.८ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एभेरेस्ट बैंक, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र अरुणकाबेली क्रमशस् अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?