फ्रान्सको राजधानी पेरिसमा गोली चल्दा १ जनाको मृत्यु

`

     २०७९ श्रावण ०३ गते ९:०१

काठमाडौं, साउन ३ । फ्रान्सको राजधानी पेरिसमा सोमबार राति गोली चल्दा एक जनाको मृत्यु भएको छ । बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका स्थानीय प्रहरीले बताएको छ ।

२ जना पुरुष कारबाट बाहिर निस्केर एउटा बारको बरन्डामा बसेका व्यक्तिहरूलाई गोली हानेका सुरक्षाकर्मीले जनाएका छन् । अर्को संदिग्ध फरार रहेको जनाइएको छ ।

उक्त गोलाबारी शिशा क्याफेमा भएको स्थानीय मेयर फ्रान्कोइस भौग्लिनले जानकारी दिएका छन् । उनका अनुसार १ जना ग्राहकले १ जना संदिग्धलाई समात्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?