अमेरिकाको ग्रीनउड पार्क मलमा भएको गोली काण्डमा ४ जनाको मृत्यु

`

     २०७९ श्रावण ०२ गते ८:४६

एजेन्सी, साउन २ । अमेरिकाको इण्डियानास्थित ग्रीनउड पार्क मलमा भएको गोली काण्डमा ४ जनाको मृत्यु भएको छ । १ जना युवकले गोली चलाउँदा ३ जनाको मृत्यु र ३ जना घाइते भएका थिए । जवाफी कारबाहीमा प्रहरीको गोली लागेर ती आक्रमणकारीको पनि मृत्यु भएको फक्स न्यूजले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणमा २२ वर्षीय १ जना युवकमात्र संलग्न थिए । उनी आइतबार साँझ ६ बजेतिर मलको फुड कोर्टमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?