काठमाडौं उपत्यका भित्र अव्यवस्थित ढलको जोखिम

`

     २०७९ आषाढ ३० गते ८:१०

काठमाडौं, असार ३० । काठमाडौं उपत्यका भित्र अव्यवस्थित ढलको कारण जोखिम बढिरहेको छ । काठमाडौंका विभिन्न ठाउँमा सडकको बिचमा ढलबाट पानी निस्किएर यातायात अवरुद्ध हुने गरेको छ ।

बुधबार धोबी खोला करिडोरअन्तर्गत गोपीकृष्ण हलनजिकै सडकको बीचमा ढलबाट पानीको मुल्को निक्लिएको थियो । गोपीकृष्ण हलनजिकै रहेको ढलका कारण पैदल यात्रु तथा सवारी आवागमनमा अवरोध पुगेको थियो । यस्ता दर्जनौँ अव्यवस्थित ढलले काठमाडौंको सडक अस्तव्यस्त बनाएपनि सम्बन्धित निकायले सुधारमा चासो नदेखाएको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?