काठमाडौँ, २७ असार । आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि स्कटल्यान्ड पुगेको नेपाली क्रिकेट टोलीले आज नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।
अर्को वर्ष हुने एकदिवसीय विश्वकपका लागि छनोट प्रतियोगिता मानिएको नेपालका लागि यो सिरिज महत्वपूर्ण रहेको छ ।
अहिले सम्मको अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौँ स्थानमा छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा छ । ३६ खेलबाट ४४ अंक जोडेको ओमान शीर्ष स्थानमा छ भने २१ खेलबाट ३० अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । त्यस्तै, २२ खेलबाट २६ अंक जोडेको युएई तेस्रो स्थानमा छ । २४ खेलबाट २३ अंक जोडेको अमेरिका चौथो स्थानमा छ । दुई अंक जोडेको पीएनजी पुछारमा रहेको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीन टोलीले २०२३ क्रिकेट विश्वकप छनोटमा स्थान बनाउनेछ । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।




