दक्षिण अफ्रिकामा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु

`

     २०७९ आषाढ २६ गते २:३७

एजेन्सी, असार २६ । दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार र आइतबार राति भएका गोलीबारी पछि प्रहरी लेफ्टिनेन्ट इलियास मावेलाले भने ।

घटनास्थलमा प्रहरी पुग्दा १२ जना मृत फेला परेका थिए । गोलाबारीमा घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये २ जनाको अस्पतालमा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?