चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का लिउ आज नेपाल आउँदै

`

     २०७९ आषाढ २६ गते ९:१७

काठमाडौं, ऋसँर २६ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल आउँदैछन् । ८ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ ४ दिनको लागी नेपाल भ्रमणमा लागेका हुन् ।

उनी विमानमार्फत आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। आगामी बुधबारसम्म यहाँ रहँदा लिउ जियानचाओले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन् ।

लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेट्ने कार्यक्रम छ । नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो ।

गत चैत दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गरेका थिए । नेपालले अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेपछि भने चिनियाँ पक्षको पहिलो भ्रमण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?