सिन्जो आबेलाई गोली हान्ने युवक पक्राउ

`

     २०७९ आषाढ २४ गते ११:५५

एजेन्सी, असार २४ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय यामागाती तेत्सुया रहेका छन् ।

सिन्जो आबेको स्वस्थ्य अवस्था चिन्ताजनक रहेको जापानका संचारमाध्यमहरुले जनाएका छन् । प्रहरीले गोली हान्ने व्यक्तिको बारेमा थप अनुसन्धान गरिरहेको छ । आबे चुनावको दौडानमा थिए । स्थानीय नारा सहरमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?