एजेन्सी, असार २० । उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी फुट्दा कम्तीमा छ जनाको मृत्यु भएको छ । भने दर्जनभन्दा बढी बेपत्ता भएका छन् । सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको थियो । यस क्षेत्रका केही भागहरू समुद्री सतहमा ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) पार गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
इटालीको नहर शहर क्षेत्र भेनेटोमा नागरिक सुरक्षाका क्षेत्रीय काउन्सिलर जियानपाओलो बोटासिनका अनुसार, मृतक र बेपत्ता भएका भनिएका बाहेक कम्तीमा पनि आठजना घाइते भएका छन् जसमा १ जनाको अवस्था गम्भीर छ ।
मारमोलाडाको चुचुरो समुन्द्र सतहबाट ३,३४३ मिटर (लगभग ११,००० फिट) उचाइमा छ । दुर्घटना दिउँसो १.४५ बजे भएको थियो ।
घाइतेहरूलाई बेलुनो, ट्रेभिसो, ट्रेन्टो र बोलजानो शहरका नजिकैका अस्पतालहरूमा लगिएको छ । उद्धारकर्ताहरूले हेलिकप्टर, सिकारी कुकुरहरू र अत्याधुनिक ग्लोबल पोजिसनिङ प्रविधिहरू प्रयोग गरेका थिए ।




