विदेशीसँग विवाह गर्ने युएईका महिलाका सन्तानलाई अन्य नागरिक सरहको सुबिधा दिने घोषणा

`

     २०७९ आषाढ १६ गते ३:२६

काठमाडौँ, १६ असार । संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नह्यानले विदेशीसँग विवाह गर्ने देशका महिलाका लागि महत्त्वपूर्ण घोषणा गरेका छन् ।

युएईले विदेशीसँग विवाह गर्ने युएईका महिलाका सन्तानलाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा देशका अन्य नागरिक सरह समान सुविधा दिने प्रस्ताव पनि पारित गरेको छ ।

यो प्रस्तावको नियम कार्यान्वयन गर्न अब उपप्रधानमन्त्री र राष्ट्रपति मामिलामन्त्रीले निर्देशिका जारी गर्नेछन् ।

युएईको आधिकारिक समाचार एजेन्सी वाममा उपलब्ध जानकारी अनुसार राष्ट्रपति अल-नाह्यानले राष्ट्रपतिको मामिला मन्त्रालयले सबै प्रावधानहरू कार्यान्वयन गर्न आवश्यक सहयोग उपलब्ध गराउनु पर्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?