जर्मनी र नेपालबिचको द्विपक्षीय विकास सहयोग जारी रहने

`

     २०७९ आषाढ १३ गते ११:४८

काठमाडौँ, १३ असार । संघीय गणतन्त्र जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयले नेपालसँगको द्विपक्षीय विकास सहयोगलाई सन् २०२३ पछि पनि निरन्तरता दिने निर्णय गरेको छ । जर्मनीका चान्सलर ओलाफ शुल्जले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्रमार्फत जर्मनीको सहयोगलाई दिगो आर्थिक विकास, जलवायु र ऊर्जा, स्वास्थ्य र सामाजिक सुरक्षा गरी ३ क्षेत्रमा जारी राख्ने जनाएका छन् ।

जर्मन राजदूत डा.थोमस प्रिन्जले उक्त पत्र प्रधानमन्त्री देउवालाई हस्ताक्षर गरेका छन् । राजदूत प्रिन्जले भने, ‘जर्मन सरकारले नेपालसँग द्विपक्षीय विकास सहयोग जारी राख्ने निर्णय गरेकोमा म अत्यन्तै खुसी छु, यसले हामीलाई जलवायु परिवर्तनजस्ता महत्वपूर्ण चुनौतीहरूलाई संयुक्त रूपमा सामना गर्ने अवसर प्रदान गरेको छ ।’

जर्मनीको संघीय आर्थिक सहयोग र विकास मन्त्रालयका प्रतिनिधिहरू आधिकारिक द्विपक्षीय सरकारी वार्ताका लागि २०२२ भित्रै आउने जनाइएको छ ।

नेपाल र जर्मनीबीच ६० वर्षभन्दा लामो समयदेखिको द्विपक्षीय सहयोग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?