काठमाडौँ, १० असार । अभिनेता बिपिन कार्की ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबन्धित भएका छन् ।
यो अनटाइटल प्रोजेक्टका लागि बिहीवार यशोधा फिल्म्स र अभिनेता कार्कीबीच लिखित सहमति भएको छ ।
फिल्मबारे थप खुलाइएको छैन । अभिनेता कार्कीको अनुसार फिल्मको शीर्षक र अन्य कलाकार तय भइसकेको छैन ।
केही समयअघि यो फिल्मको लागि अडिसन आह्वान गरिएको यो फिल्ममा बिपिनले मुख्य भूमिका निर्वाह गर्दैछन् ।




