एजेन्सी, असार ७ । बेलायती कार निर्माता कम्पनी रोल्स रोयसले आफ्ना कर्मचारीलाई रुस–युक्रेन युद्धका कारणले विश्वभर बढिरहेको महँगीलाई मध्यनजर गर्दै २ हजार पाउण्ड (३ लाखभन्दा बढी रुपैयाँ) बोनस दिने भएको छ ।
यसरी रोल्स रोयस आफ्ना १४ हजार कर्मचारीलाई उक्त बोनस वितरण गर्ने छ । खासगरी, बेलायतमा ह्वात्तै महँगी बढेपछि कम्पनीले आफ्ना कर्मचारीलाई बोनस वितरणको तयारी गरिरहेको समाचार संस्था बीबीसीले लेखेको छ ।
यो बोनसले तल्लोतहका व्यवस्थापक कर्मचारी र शोरुममा बस्ने कर्मचारीलाई बढी लक्षित गरिने छ । र, कम्पनीले यो रकम कर्मचारीलाई अगस्ट महिनाको तलब स्वरूप एकमुष्टरूपमा ३ हजार जना कर्मचारीलाई दिइने बताइएको छ ।
कम्पनीका प्रवक्ताले बढ्दो महँगीबाट कर्मचारीको जिवन यापन सहज बनाउनका लागि बोनस वितरण गर्न लागिएको बताए । प्रवक्ताले युनियनमा आबद्ध नभएका कर्मचारीलाई आगामी महिनामै दिइने र युनियनमा आबद्ध कर्मचारीका हकमा भने युनियनको सहमतीपछि दिइने बताए ।




