अभिनेता सौगात मल्लले ३ महिनाका लागि अभिनयबाट विश्राम लिने

`

     २०७९ आषाढ ०७ गते १:०८

काठमाडौं, असार ७ । अभिनेता सौगात मल्लले ३ महिनाका लागि अभिनयबाट विश्राम लिने भएका छन् । उनले १० गते प्रदर्शन हुने फिल्म राधालाई लक्षित गर्दै आफूले अन्य काम नगर्ने निर्णय गरेको जानकारी दिए ।

‘राधा’ सौगातले निर्माण गरेको पहिलो फिल्म समेत हो । ‘राधाभन्दा अघि मैले केही गर्दिनँ । अन्य सेड्युललाई पनि पछि सारेको छु । आफैं प्रोड्युसर भएपछि सबै कामको लागि आफू हिंड्नुपर्ने हुन्छ,’ सौगातले भने ।

अहिले पोस्टप्रोडक्सन भइरहेको फिल्म राधामा स्वयं सौगात पनि खटिरहेका छन् ।

अन्य दुई फिल्म गर्ने निश्चित भएपछि ‘राधा’ रिलिजको १ महिनासम्म आफूले केही गर्न नसक्ने सौगातले बताए । उनले निर्देशक समेत रहेका सुवर्ण थापासँग मिलेर ‘राधा’ निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?