पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा ६ जना आतङ्ककारी मारिए

`

     २०७९ आषाढ ०६ गते २:०७

एजेन्सी, असार ६ । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा ६ जना आतङ्ककारी मारिएका छ ।

बलुचिस्तान प्रान्तका कतिपय पहाडी इलाकामा केही समय देखि आतङ्ककारी गतिविधी बढेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको पाकिस्तानको सेनाले जनाएको छ ।

आतङ्ककारीले सो प्रान्तमा बलुचिस्तान लिबरेसन्स् फ्रन्ट नामक एक प्रहरी चौकी तथा सैनिक पोष्टमा हमला गर्ने गरेको पाकिस्तानी सेनाले बताएको थियो ।

सो समूहका आतंककारी खोज्ने क्रममा आइतबार ६ जना मारिएका पाकिस्तानी सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाले दिएको जानकारीअनुसार उक्त आक्रमणमा परेर मारिएकामा यस्तै सुरक्षाकर्मीमाथि हमला गर्ने गरेका आतङ्ककारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?