साउदी अरेबियाको सहयोग अफगानिस्तानद्वारा स्वागत

`

     २०७९ ज्येष्ठ ३० गते १:४७

एजेन्सी, ३० जेष्ठ । अफगानिस्तानले साउदी अरेबियाको सहयोगको स्वागत गरेको छ । साउदी अरेबियाले हालै अफगानिस्तानलाई ३ करोड अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको थियो ।

अफगानिस्तानको काम चलाउ सरकारको विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशन गरी सो सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरेको छ ।

अफगानिस्तानको इस्लामिक विकास बैंकमा साउदी अरेबियाले सो सहयोग उपलब्ध गराएको थियो ।

उक्त सहयोग अफगानिस्तानलाई उपलब्ध गराइने मानवीय सहायता अन्तर्गत दिइएको साउदी अरेयिबा सरकारले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?