थाइल्याण्डमा प्रतिबन्धित लागूऔषध सूचीबाट गाँजा हटाए

`

     २०७९ ज्येष्ठ २६ गते ९:४१

काठमाडौं, जेठ २६ । थाइल्याण्ड सरकारले प्रतिबन्धित लागूऔषध गाँजा सूचीबाट हटाएपछि थाइल्याण्डका जनताले अब घरमा गाँजाको बिरुवा उब्जाउन र बेचबिखन गर्न सक्नेछन् । कडा लागूऔषध कानूनका लागि परिचित थाइल्याण्ड दक्षिण(पूर्वी एसियामा यस्तो कदम अघि बढाउने पहिलो राष्ट्र हो ।

स्थानीय गाँजाको व्यापारको विकासले कृषि र पर्यटनलाई बढावा दिने सरकारको आशा छ। यद्यपि मनोरञ्जनात्मक प्रयोगलाई भने गाँजा अझै पनि प्रतिबन्धित छ ।

यसको खेतीलाई प्रोत्साहित गर्नका लागी नागरिकहरूलाई १० लाख गाँजाको बिरुवा पनि दिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?