काठमाडौँ, २३ जेष्ठ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नै पार्टीको संसदीय दलमा अविश्वासको प्रस्तावको सामना गर्ने भएका छन् ।कन्जर्भेटिभ पार्टीका १५ प्रतिशत बढी हाउस अफ कमन्सका सदस्यहरूले जोनसनप्रति आफूहरूको विश्वास नभएको सूचना दिएपछि अविश्वासको प्रस्तावमाथि मतदान हुन लागेको बिबिसीले जनाएको छ ।
जोनसनले पछिल्ला महिनाहरुमा अप्रति भित्र र बाहिरबाट राजीनामा दिन दबाब झेलिरहेका थिए ।
कोरोना भाइरसको समयमा लकडाउन लगाइएको बेला जोनसनको निवास र प्रधानमन्त्री कार्यालयमा पार्टी आयोजना गरिएको भन्दै उनको राजीनामा मागिएको थियो ।
अविश्वास प्रस्तावमा कन्जरभेटिभ पार्टीका ३५९ सांसदले मतदान गर्ने र जोनसन पदमा रहिरहन १८० मत पाउनु पर्ने भएको छ ।




