सत्ता गठबन्धनका शीर्ष नेताहरूबिच समसामयिक राजनीतिक विषयमा छलफल

`

     २०७९ ज्येष्ठ २३ गते १:०४

काठमाडौँ, जेष्ठ २३ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयहरुमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद्‍ पुनगठनबारे छलफल भएपनि टुंगो भने लाग्न सकेन ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभगाी थिए ।

श्रोतका अनुसार नेताहरुबीच मन्त्रिपरिषद् विस्तारको विषयमा समेत छलफल भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?