‘दोख’ फिल्मको टिजर सार्वजनिक

`

     २०७९ ज्येष्ठ २२ गते ४:३७

काठमाडौं, जेठ २२ । अनुप बराल निर्देशित ‘दोख’ फिल्मको टिजर ट्रेलर आइतबार युट्युबमार्फत सार्वजनिक भएको छ । यो फिल्म सशस्त्र द्वन्द्वको परिवेशमा आधारित राजन कठेतले लेखेका हुन् ।

द्वन्द्वकालमा सामुदायिक वनको मुद्दालाई लिएर दुई गाउँको किचलोको कथा फिल्ममा प्रस्तुत छ ।

फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठ, कमल देवकोटा लगायतको अभिनय छ ।

शैलेन्द्र कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मको निर्माता सविन ज्ञवाली र मनोज अधिकारी हुन् भने कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?