बङ्गलादेशको दक्षिणपूर्वी सहरमा आगलागी हुदा २५ को मृत्यु

`

     २०७९ ज्येष्ठ २२ गते २:१७

एजेन्सी,जेष्ठ २२ । बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा शनिबार भएको आगलागी हुदा २५ जनाको मृत्यु ।

अझै पनि मृतकको संङ्ख्या बढ्न सक्ने एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताउनु भएको छ ।

चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब ९ः३० बजे आगलागी भएको थियो ।
चटगाँउ जिल्लाका प्रहरी प्रमुख मोहमद मोमिनुर रहमानले शनिबार राति आगो लागेको र त्यस भीषण आगलागीमा पाँच अग्निनियन्त्रकसहित २५ जनाको मृत्यु भएको बताउनु भएको हो ।

आगो अझै पूर्णरुपमा नियन्त्रणमा नआएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको स्वास्थ्य विभागका निर्देशक हसन सहरियारले एएफपीलाई बताउनु भएको छ ।

आगलागी भएको करिब एक घण्टापछि सयौं मानिसहरूले आगो निभाउने प्रयास गरिरेहको अवस्थामा केमिकल राखेका धेरै कन्टेनरहरू विस्फोट भएको बताइएको छ ।

सो आगलागीमा परी ४० अग्निनियन्त्रक र १० प्रहरीसहित २०० भन्दा बढी घाइते छन् । अधिकारीहरूले आइतबार बिहानसम्म उद्धारको काम जारी रहेको जानकारी दिएका छन् ।

यहाँका दर्जनौँ अग्निनियन्त्रक समूहलाई आगो निभाउन लगाइएको छ ।

चटगाउँको एक स्थानीय अस्पतालका चिकित्सकले जलेको अवस्थामा रहेका कैयौँ मानिस गम्भीर अवस्थामा रहेका पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?