एजेन्सी, जेठ २० । भारतमा एक दिनमा ४ हजार ४१ जना कोरोना सङ्क्रमित भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । बुधबार ३ हजार ७१२ लाई कोरोना सङ्क्रमण भएको थियो ।
बुधबारको तुलनामा बिहीबार कोरोना सङ्क्रमितको सङ्ख्या करिब एक हजार बढेको छ । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो ।
बिहीबार रातिसम्म अर्थात २४ घण्टाको समयावधिमा २ हजार ३३६ जनालाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख २२ हजार ३९४ पुगेको छ ।
भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड १७ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ८३ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।




