अमेरिकामा फेरि अर्को गोलीकाण्ड

`

     २०७९ ज्येष्ठ १९ गते १:३४

एजेन्सी, जेष्ठ १९ । अमेरिका ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीन जनाको मृत्यु भएको छ । एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

सो गोली प्रहारमा परी तीन व्यक्तिको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् । सो अस्पतालको नातालि मेडिकल भवनमा एकजना व्यक्तिले गोली चलाएको थियो ।

सेन्ट फ्रान्सिस् अस्पताल क्याम्पसमा बुधबार गोली चलेको तुल्सा प्रहरी विभागले जनाएको छ । सो विभागका अनुसार गोली चलाउने व्यक्तिको पनि ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?