नाइजेरियाको चर्चमा भागदौडको क्रममा ३१ जनाको मृत्य

`

     २०७९ ज्येष्ठ १४ गते ९:३१

ऐजेन्सी, जेठ १४ । नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको नाइजेरियाली प्रहरीले बताएको छ । दक्षिणी नाइजेरियामा रहेको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितरण भइरहेको समय अचानक भागदौड भएको चर्चका अधिकारीलाई उद्धृत गरी नाइजेरियाली प्रहरीले बताएकोछ ।

“प्रहरीले कम्तीमा ३१ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने अन्य केही मानिस घाइते भएका छन्,” स्थानीय प्रहरीका प्रवक्ता ग्रेस आइरिन्ज– कोका ले बताए । घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको बताइएको छ ।

अफ्रिकी मुलुक नाइजेरियामा समुदाय समुदायबीचमा बेलाबखत हुने द्वन्द्वका कारण ग्रामिण क्षेत्रका मानिसहरूले भय र त्रासका बीच आफ्ना दैनिकी सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?