तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी

`

     २०७९ ज्येष्ठ ११ गते ३:३९

काठमाडौँ, जेष्ठ ११ । बुधबार दिउँसो दाङको तुलसीपुर उपमहानगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । तुलसीपुर उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनलाई हराउँदै नेकपा एमालेले मेयर र उपमेयर जितेको छ।

मेयरमा टीकाराम खड्काले ३१४०८ मत प्रप्त गरी विजयी भएका हुन्। खड्काले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गेहेन्द्र गिरीलाई ३६९२ मतले हराएका हुन्। खड्काले ३१४०८ मत ल्याउँदा गिरिले २७७१६ मत पाए।

उपमेयरमा स्यानि चौधरीले ३०५९७ मत ल्याएर विजयी भइन् । चौधरीले ३०५९७ ल्याउदा नेकपा एकीकृत समाजवादीका उम्मेदवारजोगबहादुर राना मगरले २१०६५ मत पाए।

यी दुबै उपमहानगरमा २०७४ को चुनावमा पनि एमाले विजयी भएको थियो।

यसपालि एमालेले दाङका दुई र बाराको कलैया उपमहानगरमा मेयर र उपमेयर जितेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?