अभिनेता फ्रेड वार्डको निधन

`

     २०७९ ज्येष्ठ ०१ गते ४:०८

काठमाडौं,जेठ १ । ७९ वर्षको उमेरमा हलिउड अभिनेता फ्रेड वार्डको निधन भएको छ । वार्डको निधनको खबर उनका प्रचारक रोन होफम्यानले पुष्टि गरेका हुन् ।

निधनको कारण भने अहिले खुलाइएको छैन । ‘ट्रेमर्स’ र ‘हेनरी एन्ड जुन’ अभिनयका कारणले चर्चित अभिनेताले ४ दशक बढी समय हलिउड अभिनयमा बिताएका छन् ।

उनी गोल्डेन ग्लोब जस्ता प्रतिष्ठित अवार्ड विजेता पनि हुन् । थुप्रै अवार्ड र पुरस्कार विजेता उनी ‘रेमो विलियम्स स् द एडभेन्चर बिगिन्स’ मा रेमोको भूमिका देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?